विराटनगर । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत शिक्षक डाक्टर र पदाधिकारीहरुबिच सहमति भएपछि डाक्टरहरुब काममा फर्किन तयार भएका छन् ।
साेमबार शिक्षक र पदाधिकारीबीच सहमति भएको हाे ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रोहवरमा प्रतिष्ठानको गेष्ट हाउसमा आइतबारदेखि छलफल भएको थियाे ।
साेमबार दुई पक्षबीच सहमति भएको मेयर साम्पाङले जानकारी दिए । तीन बुदे सहमतिपछि एक महिनादेखि आन्दोलनरत डाक्टरहरु आजैदेखी काममा फर्कने भएका हुन् ।
फोटो:फाइल