कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार कुल परीक्षार्थीको ७५.४५ प्रतिशतले मात्र ग्रेडवृद्धि प्राप्त गर्न सकेका छन् ।

ग्रेडवृद्धि परीक्षामा एक लाख १७ हजार ८८२ सहभागी परीक्षार्थीहरु मध्ये ८८ हजार ९४७ जनाले ग्रेडवृद्धि प्राप्त गरेको कार्यालयले जनाएको छ । कार्यालयले १५ जना विद्यार्थीको परीक्षा रद्द गरेको जनाएको छ ।

ग्रेडवृद्धि परीक्षामा कम्तिमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुले ७ मंसिर पश्चात ट्रान्सकि्रप्ट, माइग्रेसन, प्रोभिजनल र ग्रेडवृद्धि (टीएमपीजी) प्रमाणपत्रका लागि रसिद काट्न सक्ने जनाएको छ ।

शैक्षिक प्रमाणपत्र प्राप्त गर्नको लागि कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट लेजरको प्रमाणित प्रति अनिवार्य रुपमा संलग्न हुनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्