नर्सिङ शिक्षामा देखिँदै आएका समस्या समाधानको उपाय खोज्न कार्यदल गठन

नर्सिङ शिक्षामा देखिँदै आएका समस्या समाधानको उपाय खोज्न कार्यदल गठन

पछिल्ला केही वर्षयता नर्सिङ शिक्षामा देखिँदै आएका समस्या समाधानको उपाय खोज्न कार्यदल गठन भएको छ । चिकित्सा शिक्षा आयोगले सात सदस्यीय कार्यदल गठन गरेको हो ।

आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक डा. दिलिप शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको आयोगले जनाएको छ । कार्यदलले नर्सिङ शिक्षामा हाल देखिएका समस्याको समाधानका उपाय खोज्ने र सरोकारवालहरुबाट सुझाव समेत लिनेछ ।

कार्यदलमा नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११औँ तहका अधिकार, आईओएम, न्याम्स, केयूअन्तरको स्कुल अफ मेडिकल साइन्सका प्रमुख आदि सदस्य रहेका छन् ।

कार्यदलले नर्सिङ शिक्षामा प्रयोगात्मक अभ्यास, आवश्यक भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, आवश्यक शैक्षिक न्यूनतम योग्यता निर्धारण आदिका विषयमा अध्ययन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्