कतार पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बसुन्धराबाट मोरङको पथरी शनिश्चरे-७ घर भइ हाल काठमाडौंको मनमैजु बस्ने ३३ वर्षीय भिम बहादुर तामाङलाई पक्राउ गरेको हो ।

तामाङले अनिता मगरातीलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै एक लाख छयासी हजार रुपियाँ लिएर सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।

घटना बारेमा थप अनुसन्धान तथा कारबाहीका लागि तामाङलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्