धरानमा शैक्षिक भ्रमणमा आएको बस दुर्घटना हुँदा १६ जना घाइते

<span class='c1'>धरानमा शैक्षिक भ्रमणमा आएको बस</span> <span class='c2'>दुर्घटना हुँदा १६ जना घाइते</span>

धरान । धरान उपमहानगरपालिका –१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएको ३ वटा बस दुर्घटनामा परेको छ ।नवलपुर जिल्लाको विधार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकनमा विद्यार्थी बोकेर बस यहाँ आएका थिए । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दीको ग २ ख १५८३ नम्बरको बसलाई ठक्कर दिएपछि म्याग्दीको बस पल्टेको थियो ।

स्याङ्जाको विधार्थी बोकेको ग २ ख १५१३ नम्बरको बसमा ठोक्किएपछि सामान्य क्षति भएको छ । दुर्घटनामा परी १६ जना विद्यार्थी गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उहाँहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अन्य विद्यार्थीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गोरखापत्र अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्