गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सृष्टि सावित्रा
शरीर नियाल्न सक्नेले मन नियाल्न सक्दैन
इज्जत गर्छु भन्नेले पनि दाग पखाल्न सक्दैन

ठक्कर हरुलाई टक्कर दिँदै मान्छे बनेकी हुँ !
फलाम पगाल्छु भन्नेले यो मन पगाल्न सक्दैन

प्रेमीले यही सोचेर आँखामा राखेछ मलाई
दिल भित्र राखेपछि कसैले निकाल्न सक्दैन

रेटियोस् बरु यो गर्धन म हाँसेर दिन सक्छु
यी पैतालाहरुले गलत कदम चाल्न सक्दैन

म सृष्टि भएर आफुलाई यसरी सम्हालेकी छु
यहाँ हरकोहिले आफुलाई सम्हाल्न सक्दैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्