भाेलिको भ्रम

<span class='c1'>भाेलिको</span> <span class='c2'>भ्रम</span>

-बसन्त घिमिरे
भोलिको आशा बोकि हिड्छ रमाएर मन
भोलिले सबलाई छरेको छ कत्ति मीठो भ्रम
सुन्दर भोलि बनाउनुछ आज दु:ख झेलि
थाहा छैन कस्तो रुप बोकि आउँछ भोलि

भोलिले दुनियाँ दौडाउछ छ बस्नै देको छैन
निर्दयी छ भोलि आज हाँस्नै देको छैन
आज साथी फुर्सद छैन रमाउनु छ भोलि
यथार्थ नै बिर्साउने भोलि, कत्ति शक्तिशाली

आज भै गो हाँसौला न भोलि दिल खोलि
थाहा छैन कस्तो रुप बोकि आउँछ भोलि
कल्पनामा मग्न हुँदै मस्तिष्क कोर्छ खाका
सपनाले गुनगुनाउछ भोलिको मीठो भाका

भोलिले नै बाड्छ खुसी मनमा भर्छ आशा
थमुथुम्यायदै पिडालाई छर्छ सुन्दर बाचा
भोलिलाई सम्झिएर दंग पर्छ मन
कस्तो रुप बोकि भोलि आँउछौ तिमी भन

सबलाई तिमी देखाउछौ किन झुटो भ्रम
ब्यर्थै किन गराउछौ अधिक परिश्रम
अजम्बरी छैन जीवन सत्य बोल बोली
सबलाई थाछ कस्तो रुप बोकि ल्याउछौं भोलि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्