राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय संविधान प्रदत्त स्वतन्त्रताविपरीत रहेको ठहर गरेको छ ।
सोमबार साँझ एक विज्ञप्तिमार्फत रास्वपाले सरकार लोकतन्त्रिक मूल्य मान्यताविपरीत दिशामा अगाडि बढेको संकेत गरेको बताएको छ ।
"निश्चय पनि सामाजिक सञ्जालका सबै सामग्रीले जनसमुदायमाझ सकारात्मक प्रभाव मात्र पारेको छैन । यद्यपि नेपालका आमजनतामाझ मनोरञ्जन, अभिव्यक्ति स्वतन्त्रता, सिर्जनशीलताका साथै व्यवसाय प्रवर्द्धनका लागि समेत लोकप्रिय सामाजिक सञ्जाल ‘टिकटक’ जस्ता माध्यम बन्द गर्नु संविधान प्रदत्त स्वतन्त्रता विपरीत भएको हाम्रो ठहर छ," विज्ञप्तिमा भनिएको छ ।