गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सृष्टि सावित्रा
एकपटक सोध्नु छ,आमालाई हिम्मत कसले दियो ?
बा,को दुबै हात काटिएको छ,सनाखत कसले दियो ?

म फराकिलो दायरा बनाएर यो साँघुरो बाटो हिँड्दा,
मेरो इज्जतमा औला उठाउँने इजाजत कसले दियो ?

गरिबीको उपमा दिएर मलाई गिराउँन खोज्नेहरू,
अस्पताल पुग्दा सवाल गर्दैनन् रगत कसले दियो ?

फूलमाला बोकेर घाट सम्म पुगेका रहेछन् आफन्त,
मेरो मृत्यु भएको समाचार गलत कसले दियो ?

आँखाले गिरफ्तार गरेर दिल भित्र थुनेको मान्छे,
खुलेआम बजारमा देख्छु जमानत कसले दियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्