स्वास्थ्य सेवा तथा उद्धार संघ नेपालद्वारा भूकम्प प्रभावित परिवारलाई राहत सामाग्री

स्वास्थ्य सेवा तथा उद्धार संघ नेपालद्वारा भूकम्प प्रभावित परिवारलाई राहत सामाग्री

जाजरकोट । स्वास्थ्य सेवा तथा उद्धार संघ नेपालले विभिन्न दात्री संस्थाको सहयोगमा, जाजरकोट जिल्लाका भूकम्प प्रभावित परिवारमा राहत सामाग्री उपलब्ध गराएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा क्षति पुगेको थियो ।

भूकम्पमा एक सय पचासभन्दा बढीले अकालमा ज्यान गुमाउनु परेको छ । भूकम्पबाट प्रारम्भिक तथ्याङ्कनुसार ३० हजार घर पूर्ण रूपमा अथवा आंशिक रूपमा क्षति भएको र ३८ हजार परिवार प्रभावित भएको जनाइएको छ ।

भूकम्प पीडितलाई स्वच्छता किटसहित खाद्यान्न तथा गैरखाद्य सामाग्री वितरण गरिएको स्वास्थ्य सेवा तथा उद्धार संघ नेपालको आपतकालीन प्रतिकार्य समूहका संयोजक अल्ताफ मियाँले जानकारी दिए ।

उक्त संस्थाले नलगाँड र भेरी नगरपालीका प्रभावित करिब ५०० परिवारलाई राहत सामग्री उपलब्ध गराईएको छ । संस्थाका सहकर्मी, स्वयंसेवक र सहयोगीहरूले आवश्यक सहयोग पुर्‍याउन अथक प्रयास गरिरहेको जनाउदै संस्थाले चिसोबाट नागरिकलाई जोगाउन धेरै काम गर्नुपर्ने संयोजक मियाँले बताए।

स्थानीय निकाय , प्रशासन , सुरक्षानिकायसंग समन्वयमा उद्दार र राहत बितरण कार्यका सहकार्य गरेको जनाउदै संस्थाले सामूहिक दृष्टिकोणबाट मात्र उद्दार , राहत र पुननिर्माण हुन सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्