उर्लाबारी आगलागी घटनामा घाईते एकजनाको मृत्यु

<span class='c1'>उर्लाबारी आगलागी घटनामा</span> <span class='c2'>घाईते एकजनाको मृत्यु</span>

विराटनगर । मोरङको उर्लाबारी–७ मा गत कार्तिक २६ गते लक्ष्मीपूजा राति भएको आगलागी नियन्त्रणका क्रममा घाइते भएका स्थानीयवासी तपन पण्डितको उपचारको क्रममा मृत्यु भएको छ । छिमेकी दीपक कार्कीको घरमा स्नेहा सुनचाँदी पसलमा भएको आगो निभाउन गएका बेला घाईते ४३ वर्षीय पण्डितको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

पण्डितको काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उपचाररतमध्ये गम्भीर अवस्थाका ८ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

आगलागी भएपछि निभाउने क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । घाइतेहरुको वर्न अस्पतालमै उपचार भइरहेको छ । उनीहरुलाई नेपाली सेनाको जहाजबाट काठमाडौं लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्