भिजन लुम्बिनी ऊर्जाको आईपीओ बाँडफाँट

भिजन लुम्बिनी ऊर्जाको आईपीओ बाँडफाँट

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणमा जारी गरेको आईपीओ बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले मंगलबार बिहान कम्पनीको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

कुल २ लाख ७ हजार ५२५ जनाले कम्पनीको सेयर प्राप्त गरेका छन् । तीमध्ये ५ जनाले ११ कित्ता पाएका छन् भने अरु सबैले १० कित्ताका दरले पाएका छन् ।

आईपीओमा ११ लाख ५६ हजार ९२७ आवेदक योग्य ठहरिएका थिए । तीमध्येबाट गोलाप्रथा गरी आईपीओ बाँडफाँट गरिएको छ । ९ लाख ४९ हजारको हात खाली भएको छ ।

कम्पनीले यसअघि सर्वसाधारणका लागि कात्तिक १६ देखि २० गतेसम्म कुल २० लाख ७५ हजार २८५ कित्ता आईपीओ खुलाएको थियो ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपलिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको र प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्