नक्कली नोटसहित दुई महिला पक्राउ

<span class='c1'>नक्कली नोटसहित दुई</span> <span class='c2'>महिला पक्राउ</span>

काठमाडौँ । नक्कली नेपाली नोटसहित दुई जना महिला काठमाडौँबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा शङ्खरापुर नगरपालिका–७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलबिरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुङ्गा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैयाँकुमारी घिमिरे रहेका छन् । सिर्जनाको साथबाट एक हजार दरको १४० थान र कुमारीको साथबाट एक हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ ।

सिर्जना र मैयाँ कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शङ्खरापुर नगरपालिका–७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैयाँ कुमारीलाई बूढानीलकण्ठ नगरपालिका–१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुनजस्तो देखिने पहेँलो धातुसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन प्रवेशद्वारबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेँलो धातु करिब २७२.३७ ग्रामसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–८ घर भएका ३९ वर्षीय रामसुन्दर श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त ढोकामा जाँच गर्ने क्रममा तीन थान बेरूवा औँठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटमा बनाई प्लाष्टिकले बेरेर ल्याएको सुन जस्तो देखिने पहेँलो रङ्गको अर्धठोस वस्तु करिब २१७.४० ग्रामसहित उनलाई पक्राउ गरेको हो । बरामद सुनसहित उनलाई भन्सार कार्यालय सिनामङ्गल बुझाइने छ ।

रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीबाट करिब रु १३ लाख ८८ हजार चार सय बराबरको १२ तोला तौलको सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गेरको हो । पक्राउ पर्नेमा आमाछोदिङ्मो गाउँपालिका–५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिका–५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिदीम बस्ने २३ वर्षीय ड्वाङ लोप्साङ तामाङ रहेका छन् ।

सोही ठाउँस्थित नेपाल–चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई तीन थान बेरूवा औँठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्