पाटी सञ्चालनका लागि कार्यकर्ता तथा नेतामा अनुशासनकाे जरूरी छ: मन्त्री लिम्बू

<span class='c1'>पाटी सञ्चालनका लागि कार्यकर्ता तथा नेतामा</span> <span class='c2'>अनुशासनकाे जरूरी छ: मन्त्री लिम्बू</span>

मणिराम दाहाल
सुन्दरहरैँचा । मोरङ कांग्रेस जिल्ला सभापति साथै नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कांग्रेस पाटी भित्र उपलब्धिमूलक प्रशिक्षणकाे अभाव देखिएकोले पाटीका लागि सुधारमूलक परिक्षणकाे विकास गर्नु पर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति मोरङको प्रथम ऐतिहासिक जिल्ला सम्मेलनको तयारी तथा उदेश्यबारे सुन्दरहरैँचा नगरपालिकाकाे विराटचाेकमा आयोजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै मन्त्री लिम्बुले साे कुरा बताउँनु भएको हाे । मन्त्री लिम्बूले पाटी संचालनका लागि कार्यकर्ता साथै नेतामा अनुशासनकाे जरूरी देखिएकोले काम नलाग्ने सिस्टम परिवर्तन गरि पाटीलाई बजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयाे । ``अहिलेकाे परिवेशमा नेताकाे विचार जनताले राम्रोसँगै सुनेर व्यवहारमा पालना गर्न चाहेका छैनन् ´´मन्त्री लिम्बुले भन्नूभयाे `` पाटी र निर्वाचित जनप्रतिनिधि बिचकाे सुमधुर सम्बन्धकाे उचित विकासले मात्र समाजलाई अघि बढाउँन सक्छ ´´ ।

मन्त्री लिम्बुले अर्काे प्रसङमा कुरा गर्दै युवालाई वैदेशिक राेजगारीमा जानु पर्ने बाध्यताकाे अन्त्य गरि नेपाल सरकारले स्वराेजगार कार्यक्रमलाई प्रभावकारी बनाएर गरिव वेराेजगार युवालाई देशमै बच्न सक्ने वातावरण सिर्जन गर्न जरूरी रहेको उल्लेख गर्नु भयाे । मन्त्री लिम्बूले सुन्दरहरैँचामा बुधबार हुन लागेको ने. का. काे जिल्ला सम्मेलनकाे तयारीका लागि करिव १७ लाख खर्च हुने जानकारी दिदै यसका लागि जिल्ला भित्रका नेतालाई निमन्त्रणामा गरिएको बताउँनु भयाे । उहाँले सम्मेलनमा आर्थिक प्रतिवेदन , साङ्गाठनिक प्रतिवेदन र राजनीतिक प्रतिवेदनमा छलफल हुने बताउँनु भयाे । सङ्गठन जुन रूपमा जानुपर्ने साे अनुसार नभएकोले यस विषयमा समेत बृहत छलफल हुने मन्त्री लिम्बूले उल्लेख गर्नुभयाे ।

सुन्दरहरैँचाकाे विराटचाेकमा आज हुने कांग्रेसको जिल्ला सम्मेलनकाे सम्पूर्ण तयारी पूरा भएको साथै जिल्लाभरका ३ हजार ५ सय बढी प्रतिनिधिकाे सहभागिता रहने ने. का जिल्ला सचिव ललितबहादुर श्रेष्ठले जानकारी दिनुभयाे । उहाँले जिल्लाका विभिन्न ठाउँबाट आउने प्रतिनिधिलाई सहज बनाई सम्पन्न गर्न विभिन्न समिति, उपसमिति, स्वयंसेवक भातृ संगठनकाे परिचालन गरिएकाे बताउनुभयाे ।

सम्मेलन १४ औँ महाधिवेशनपछि पहिलोपटक हुन लागेको हाे । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सम्मेलनकाे उद्घाटन गर्ने तयारी रहेको छ । सम्मेलन सफल बनाउन पाटी सभापति लिम्बूको संयोजकत्वमा २५१ सदस्यीय तयारी समिति गठन गरिएको जानकारी गराइएकाे छ । मोरङ कांग्रेसमा १७ वटा पालिकामा गरि ३० हजार ६२९ जना क्रियाशील सदस्य रहेकाे साथै वडा, नगर क्षेत्रकाे सम्मेलन सकेर जिल्ला सम्मेलन हुन लागेको ने. का. जिल्ला सल्लाहकार समिति सदस्य हरि पाैडेलले बताउनुभयाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्