दुर्गा प्रसाई घरमै प्रहरीको नजरबन्दमा

<span class='c1'>दुर्गा प्रसाई घरमै</span> <span class='c2'>प्रहरीको नजरबन्दमा</span>

काठमाडौँ । गणतन्त्रविराेधी अभियन्ता दुर्गा प्रसाईलाई प्रहरीले घरमै नजरबन्द गरेकाे छ ।

भक्तपुरकाे ठिमीमा रहेकाे घरबाट प्रसाईलाई बाहिर निस्किन दिइएकाे छैन ।

उनकाे नेतृत्वमा आज काठमाडाैंकाे तीनकुनेमा प्रदर्शनकाे तयारी थियाे । काठमाडाैं प्रशासनले भने प्रसाईंकाे अभियानलाई तीनकुनेमा प्रदर्शनकाे अनुमति नदिइएकाे भन्दै विज्ञप्ति जारी गरेकाे छ ।

प्रसाई निवासमा अहिले प्रहरी परिचालन भएका छन् । तीनकुने क्षेत्रमा पनि ठूलाे संख्यामा प्रहरी परिचालन भएका छन् । प्रसाईकाे सचिवालयका अनुसार प्रसाईलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएकाे छैन । उनका ३० जनाभन्दा धेरै समर्थक पक्राउ परेका छन् । सचिवालय सदस्य विनाेद बजगाईले प्रहरीले नजरबन्दमा राखेकाे र कारण बुझ्न प्रहरीकाे केन्द्रीय कार्यालय जान लागेकाे बताए । - शिलापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्