उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट

उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।

एफपीओमा कुल १० लाख ७२ हजार ७६८ जनाले आवेदन दिएकोमा ३२५ आवेदन रद्द भएको थियो । स्वीकृत भएका १० लाख ७२ हजार ४४३ आवेदकबाट गोलाप्रथा गर्दा १७ हजार ८४५ जनाले सेयर पाएका छन् । आवेदन दिएकामध्ये एफपीओ पाउनेको संख्या जम्मा १.६६ प्रतिशत मात्रै हो । तीमध्ये एकजनाले ११ कित्ता र बाँकी १७ हजार ८४४ जनाले १० कित्ताका दरले सेयर पाएको क्यापिटलले जनाएको छ ।

कम्पनीले कात्तिक २१ देखि एफपीओ जारी गरेको थियो । यसको नतिजा अनलाइन प्रणाली मेरो सेयर तथा आईपीओ रिजल्ट डट् सीडीएससी डट्कमडट्एनपीबाट हेर्न सकिनेछ ।

साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपश्चात उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था बनेको हो । कम्पनीले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत नपुगेकाले एफपीओ जारी गरेको हो ।

कुल चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँको २४.५५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख १४ हजार ६०२ रुपैयाँको सेयर मात्रै सर्वसाधारण समूहको रहेकोमा यसलाई ३० प्रतिशत पुर्‍याउन कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निस्कासन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्