गजल

गजल

- सृष्टि सावित्रा
लडाउनेहरुले नै,उठाउलान् भन्ने आस गर्छु
मैले आफ्ना हरुलाई त्यति धेरै विश्वास गर्छु

मलाई अचानो सम्झिँदा रहेछन् थाहै थिएन
खुकुरी बजारीदा पनि फूलको आभाष गर्छु

ए ! जिन्दगी यो श्वास रहेसम्म कायर नबन्नु तँ
म सकेसम्म तँलाई हौसला दिने प्रयास गर्छु

धोकाको बस्तीमा छ अचेल प्रेमको जागिर
सोचिरहेछु अब त आफुलाई अवकास गर्छु

हामी बिचका कुराहरु खोइ कसरी गोप्य रह्यो ?
भित्ताले भनिरहेको छ,अब म पर्दाफास गर्छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्