गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अरूण खड्का
आँखा तरेर निराश पार्यौ तिमीले,
दुईमुटु माझमा बार बार्यौ तिमीले।

गल्ती केही नगरीकनै दोषी मानेर,
नातासम्बन्ध परपर सार्यौ तिमीले।

चाहेजस्तै गर्न नपाउँदाको झोकमा,
निर्दयी नै बनेर माया मार्यौ तिमीले।

साथ निभाउने तमाम बाचा बन्धन,
चुँडालेर जँघार पारि तार्यौ तिमीले।

एकपछि अर्को झेल गरेर आखिर,
जिन्दगानीको बाजि हार्यौ तिमीले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्