फलफूल

फलफूल

-शिखा खतिवडा
कागती रैछ अमिलो
सुन्तला रैछ रसिलो
काफल थियो गुलियो
बयरको झाडिमा भुलियो।।

घाम लाग्दा घमाइलो
अनार खान रमाइलो
सुपारी टोक्नु कुटुक्क
नरिवल किनौ सुटुक्क।।

अङगुरको दानामा
बदाम जोख मानामा
मेवा झर्यो पाकेर
आँप खाएँ थाकेर

केरा लैजाऊ कोसेली
स्याऊको बोटमा सुसेली
कटहर खाने चरिलाई
नहान साथी गुलेली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्