खोटाङ र तेह्रथुममा रुखले किचेर दुई जनाको मृत्यु

<span class='c1'>खोटाङ र तेह्रथुममा रुखले</span> <span class='c2'>किचेर दुई जनाको मृत्यु</span>

विराटनगर । खोटाङ र तेह्रथुम जिल्लाको छुट्टा छुट्टै स्थानमा रुख काट्ने क्रममा रुखले किचेर दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो तेह्रथुमको लालीगुराँस नगरपालिका-४ का ५४ बर्षीय धन बहादुर पौडेलले आफ्नै बारीमा रहेको उत्तिसको रुख काटी डोरीले तान्ने क्रममा रुखले किच्दा घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो

। त्यसैगरी खोटाङको जन्तेढुङगा गाउँपालिका-३ का ६३ बर्षीय दिर्पमान राईले घर बनाउनको लागि उत्तिसको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थालमा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्