कृषि समाचार सम्प्रेषण सम्बन्धि एक दिवसीय अभिमूखीकरण कार्यक्रम सम्पन्न

कृषि समाचार सम्प्रेषण सम्बन्धि एक दिवसीय अभिमूखीकरण कार्यक्रम सम्पन्न

विराटनगर । कोशी प्रदेशका पत्रकारहरुका लागि कृषि समाचार सम्प्रेषण सम्बन्धी एक दिवसीय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ।

सोमबार विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले राज्य पुन:संरचनापछि कृषिको विकासको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबाट विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेकोमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए । उनले दिनप्रतिदिन परनिर्भरता बढ्दै गएको अवस्थामा राज्यको चौथो अंगको रुपमा रहेका पत्रकारिता क्षेत्रले कृषि क्षेत्रमा ओझेलमा परेका मुद्दाहरुलाई बहसमा ल्याउनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतमले निर्वाहमूखी कृषि प्रणालीको कृषिलाई अघि बढाउन ओझेलमा रहेका कृषिका मुद्दाहरुलाई संगठित रुपमा उठाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कोशी प्रदेशमा कृषि, पशुपालन क्षेत्रको व्यवसायीकरणको वर्तमान अवस्था, कोशी प्रदेश सरकारको कृषि र पशुपालन विकासका कार्यक्रम, मिडिया प्रवद्र्धन अवसरका लागि कृषिमूल्य श्रृंखलाका मुख्य-मुख्य क्षेत्र र मुद्दाहरु बारेमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ अधिकृत पशुपति पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी कान्तिपुर टेलिभिजनका पत्रकार महाप्रसाद खतिवडाले कृषि समाचारमा अहिले आइरहेका बिषयहरु र नआएका विषयहरु तथा कृषि पत्रकारिता क्षेत्रमा अवसर र चुनौती, कृषि समाचार लेखनशैली, कृषि क्षेत्रका मुख्य मुद्दा र कृषि पत्रकारिताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्