यू–१९ एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

<span class='c1'>यू–१९ एसिया कप खेल्ने</span> <span class='c2'>नेपाली क्रिकेट टोलीको घोषणा</span>

काठमाडौँ । सन् २०२३ को यू–१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

मंगलबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

उक्त टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलक राजभण्डारी र आकाश चन्द रहेका छन् ।

एसिया कपमा नेपाल समूह ए मा रहेको छ । यस समूहमा नेपालसहित अफगानिस्तान, भारत र पाकिस्तान रहेको छ ।

एसिया कप डिसेम्बर ८ तारिखदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्