झापा । झापाको मेचीनगर नगरपालिका-१५ स्थितबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ ।
मंगलबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सिमावर्ती क्षेत्रमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको विभिन्न प्रकारको बालबालिकाले लगाउने रेडिमेड कपडाहरु बरामद गरेको हो ।
बरामद गरिएका करिब १ लाख ६३ हजार रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ।