सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तिझोडा स्थित जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
घर नजिकै जंगली हात्ती निस्किएकोले धपाउने क्रममा स्थानीय २५ बर्षीय रबिन खड्काको मृत्यु भएको हो।
हात्तीले कुल्चिएर मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त भएसगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट घटनास्थलमा प्रहरीको टोली खटिगई सम्पुर्ण कानुनी प्रकृया पश्चात शवलाई परिक्षणको लागि घोपा धरान पठाईएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।