विराटनगर । कोशी प्रदेश सरकारले यौनिक तथा यौनिक अल्पसंख्यक सामुदायिक भवनको लागि बजेट विनियोजन गरेको छ ।
झापाको दमकमा यौनिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि सामुदायिक भवन निर्माण गर्न २५ लाख बजेट विनियोजन गरेको हो ।
कोशी प्रदेशमा पहिलो पटक प्रदेश सरकारले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सामुदायिक भवनको लागि बजेट योजनामा पर्न सफल भएको लिड नेपाल दमक झापाकी कार्यक्रम संयोजक नुमा लिम्बूले बताइन् ।
बाँच्ने क्रममा अनगिन्ती अप्ठ्याराहरुलाई पन्छयाउदै आफ्नो जीवनको हरेक परिचयलाई आफ्नै हिसाबले न्याय दिँदै हिँडिरहेको अवस्थामा प्रदेश सरकारले आफूहरुको समुदायका लागि बजेट विनियोजन गरेकोमा उनले खुशी व्यक्त गरिन् ।
‘म अत्यन्तै खुसी र केही भाबुक छु, यो हाम्रो खुसी को पल सम्पुणर्लाई जानकारी गराउन चाहान्छु, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको भवन, दमक झापा जिल्लामा सामुदायिक भवन निर्माणको लागि प्रदेश सरकारले बजेट छुट्याइएको छ ।’ उनले भनिन्,‘ हाम्रो समुदायका लागि यो यात्रा त्यति सहज थिएन, यो यात्रामा निस्वार्थ रुपमा समुदायको हातमा हात र साथमा साथ दिनुहुने सबै प्रति आभारी छु, हाम्रो यो सपनालाई साकार पार्न सामाजिक अभियन्ता,भुमिका कोइला दिज्यु माडम, गगन पुरि दाईसँगै अन्य हातेमालो गरि सहयोग गर्नु हुने सम्पुर्ण सम्झन चाहन्छु चाहान्छु ।’
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको तर्फबाट र व्यक्तिगत, संस्थागत तर्फबाट सल्लाह सुझाव दिने निल हिरा समाज केन्द्रिय कार्यालयलाई समेत उनले आभार व्यक्त गरकी छिन् । यो तीन वर्षदेखि लगातार योजनाका लागि दौडिएको दौड बल्ल सफल भएको उनले बताइन् ।