कोशी प्रदेशसभाबाट पारित बजेट प्रदेश प्रमुखद्वारा प्रमाणीकरण 

<span class='c1'>कोशी प्रदेशसभाबाट पारित बजेट</span> <span class='c2'>प्रदेश प्रमुखद्वारा प्रमाणीकरण </span>

विराटनगर । कोशी प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख पर्शुराम खापुङबाट प्रमाणिकरण भएको छ ।

प्रदेशसभाको मंसिर १३ गतेको बैठकले पारित गरेको कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक २०८०’ र कोशी प्रदेश बिनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केहि रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०८०’ आज (शुक्रबार) प्रमाणिकरण भएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले मंसिर ९ गते अध्यादेशबाट आएको बजेटमा ५० करोड थप गर्दै प्रतिस्थापन विधेयक ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्