मधेस प्रदेशले जित्यो केपी ओली कप राष्ट्रिय क्रिकेटको उपाधि

<span class='c1'>मधेस प्रदेशले जित्यो केपी ओली</span> <span class='c2'>कप राष्ट्रिय क्रिकेटको उपाधि</span>

अन्नपूर्ण (कास्की) । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ ।

आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेसले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पायो ।

पहिले ब्याटिङ गरेको मधेसले आर्मीलाई एक सय ३६ रनको लक्ष्य दिएको थियो । आर्मीले उक्त लक्ष्य भेटाउने क्रममा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २४ मात्र बनाउन सक्यो ।

आर्मीका कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले २५, भीम सार्कीले २२, सोमपाल कामी र सन्तोष कार्कीले १६–१६ रन बनाउनुभयो । रोहित पौडेलले पाँच, राजेश बुढामगरले तीन, बसिर अहमदले दुई रन जोड्नु हुँदा कुशल मल्ल शून्य रनमा आउट हुनुभयो ।

बलिङतर्फ मधेसका कप्तान हरिशङ्कर साहले सर्वाधिक चार विकेट लिनुभयो । प्रदीप पासवानले दुई र प्रतीक यादवले एक विकेट हात पार्नुभयो । टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशङ्कर शाहले २७, हिमान्सु दत्तले १४ र विशाल सुस्लिङले १० रन जोड्नुभएको थियो । पवन सराफले नौ, इम्रान शेखले आठ, अनिल शाह छ, प्रदीप पासवानले चार, मायन यादवले तीन रन बनाउनुभएको थियो ।

बलिङतर्फ आर्मीका साहव आलम र विवेक यादवले तीन–तीन, सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिनुभयो । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ बन्नुभएको मधेस प्रदेशका हरिशङ्कर शाहले रु ३० हजार प्राप्त गर्नुभयो ।

प्रतियोगिताभर १० विकेट लिनुभएका बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने ‘बेस्ट बलर’ चुनिनुभयो । बागमती प्रदेशकै रित गौतम ‘बेस्ट ब्याट्सम्यान’ बन्नुभयो । उहाँहरुले रु २०–२० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्