शङ्खयात्रा

<span class='c1'>शङ्खयात्रा</span> <span class='c2'></span>

-भरत गुरागाईँ बर्बरिक
उल्झनले भरिएको प्रश्नको घेराबन्दीमा छु
यो जिउँदो शङ्ख यो कोठासम्म
कसरी आइपुग्यो होला?

यो शङ्खले आतङ्कित बनाएको थियो
जब बाको पार्थिव शरीर उठ्दै थियो,
यो पुरानो कुरा हो
बिर्सनुपर्छ भन्छन् ज्ञानीहरु ।

बेहोस भएको थिएँ
जब आमा सधैँका लागि बिदा हुनुभएको थियो,
उन्मत्त नाच नाच्दै थियो यही शङ्ख
यो पनि पुरानो कुरा हो,
जब भक्कानिन्छु
नसम्झिनु भन्छन् हृदयीहरु ।

कुनै दिन मेरै अगाडि
बौलाउनेछ यो शङ्ख
तर मैले देख्ने/सुन्ने र महशुस गर्ने छैन
सुन्नु पर्ने छैन कसैका कुराहरु,
त्यही दिन, त्यही समयमा
मरेको हुनेछ यो शङ्ख मेरो लागि ।

गोरखनाथलाई साक्षी राखेर
रातीराती धुन्धुनाउने शङ्खले
भगाउन सकेन
मलाई दु:ख दिने भूतप्रेतहरु ।

यात्रामग्न छ जिन्दगी
मर्दै बाँच्दै/मर्दै बाँच्दै ।

समुद्रको पीँधबाट यो कोठासम्म यात्रा गर्दा
यो जिउँदो शङ्खले
कति पटक मर्नुपर्‍यो होला?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्