कस्तो समय भोग्दै छौँ हामी

<span class='c1'>कस्तो समय भोग्दै</span> <span class='c2'>छौँ हामी</span>

-राजनप्रसाद न्यौपाने
कस्तो समय आयो
एउटा फूलले अर्को फूललाई
घोच्ने
चिथोेर्ने
दबाउने
काँडाले सरी कोतर्ने
धर्मले धर्ममाथि
धावा बोल्ने ।

फरक छ भनाई र गराईमा
सबै एकै हो भन्ने
गल र पिक प्रयोग गरी
मस्जिद भत्काउने
अनि हामी हिन्दु भन्ने ।

शक्तीशाली एकमात्र ईश्वर
अल्लाह भन्नेहरु
अल्लाह जोगाउन
साधारण मान्छे पहरेदार बन्नुपर्ने
बुद्धलाई गुम्बामा ढोग्नेहरु
शान्तीको लागि परेवा
उडाउनेहरु
अहिंसाको लागि भन्नेहरु
बन्दुक चलाउछन्
खुकुरी खुडा हान्छन्
हनाउछन्
लौन ! कस्तो युग आयो
गीता मस्जिद अगाडि
जल्दछन्
कुरान मंदिर अगाडि
दनदनी बल्दछन्
कतै बाइबल, कतै त्रिपिटक
जलाएर बालेर
विजय उत्सव मनाइ रहेछौँ
हामी मान्छेहरु
ओहो कस्तो समय भोग्दै छौँ हामी ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्