गजल

गजल

-देवेन्द्र शाही 'दर्पण'
फेरी सोच्न नहुने कुरा सोचियो!
धत आकाश छुने कुरा सोचियो!

यहाँ झुठो आँशुको मुल्य रहेछ,
बेकारमा मुस्कुराउने कुरा सोचियो!

सोचियो बिर्सनेलाई बिर्सिदिउँ अब,
लाग्दैन यो चानचुने कुरा सोचियो!

कोही मेरो रोदनमा हराभरा हुँदैछ,
यसर्थ बादल सॅग रुने कुरा सोचियो!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्