शिक्षक तँ राजनीति गर्दै नगर

शिक्षक तँ राजनीति गर्दै नगर

-बसन्त घिमिरे
ए शिक्षक तँ विद्यार्थीलाई कपुरि क पढान
दिनभरि चौरिमा राखि रुमाल लुकाई खेलान
मलाई अझै केही वर्ष भ्रमकाे बीउ छर्नु छ
मलाई अझै केही वर्ष झुटको खेति गर्नु छ
मेरो चरित्रलाई ती भविष्यका कर्णधारका अगाडि
तँ उदाङ्गो पार्दै नपार
ए शिक्षक तँ राजनीति गर्दै नगर

ए शिक्षक तँ विद्यार्थीलाई दुई एकान दई घोका न
चुपचाप केही नबाेलि कक्षा काेठाभित्र बसा न
बरु तेरा विद्यार्थी पढ्दै नपढी
कक्षा चढाउने नीति ल्याईदिउला
बरु मिलेछ भने १२ सम्मकै परीक्षा पनि हटाईदिउला
तर मेरा भविष्यका मतदातालाई भड्काएर
देशको बेथितिको पाठ तँ विद्यार्थीमा छर्दै नछर
ए शिक्षक तँ राजनीति गर्दै नगर

ए शिक्षक तँ विध्यार्थीलाई A for Apple रटान
थाकिस् भने छुट्टी दिई बेलैमा घर पठान
बरु गाउँ गाउँ काेरियन भाषा सिकाउने
अफिस बनाइदिंउला
बरु घर घरमै पासपोर्ट बनाई
एक घर एक भिसा नीति चलाइदिउला
तर तँ लि क्यान यु ले गरेको
विकासको मोडल पढाउदै नपढा
काल माक्सको वर्गीय विभेदको
कथा त सुनाउदै नसुना
ती संवेदनशिल कोमल दिमाखहरुमा
विश्वका गौरवशाली ईतिहास तँ भर्दै नभर
ए शिक्षक तँ राजनीति गर्दै नगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्