डाक्टरको पीडा

डाक्टरको पीडा

-ऋषिराम यादव
सेतो कोटमा रातो दाग लागेको छ
अस्पतालबाट आज डाक्टर भागेको छ
विडम्बना, हामी त्यो देशको नागरिक हौं
जहाँ अपराधीलाई फूलको माला लगाइएको छ
र डाक्टरहरु अस्पतालमै पिटिएको छ।

साथी हरी लोकसेवा पास गरेर धेरै इज्जत पाएको छ
श्यामे अष्ट्रेलिया गएर धेरै तलब पाएको छ
नपढेको रामे पनि नेपालमा मन्त्री हुन पाएको छ
तर पल्लो घरको दाई डाक्टर पढेर कुटाई खाएको छ।

राष्ट्रपतिले अपराधीलाई छोड्न आदेश दिएको छ
अपराधीले पनि मै ठूलो हुँ भनेर देखाइसकेको छ
डाक्टरलाई मात्र हो यो देशले चिन्न नसकेको
त्यसैले भएको डाक्टर पनि बिदेश जाने निधो गरिसकेको छ।

परेको बेला डाक्टरलाई भगवान नै मानेको छ
अलिकति तल माथि हुँदा धेरैले हेला नै गरेको छ
डाक्टरलाई दुःख दिँदै आइरहेको अपराधीले पनि दशैँमा टीका लगाउँदा
छोरा, ठूलो भएपछि तिमी पनि डाक्टर बन्नुपर्छ है भनेको रहेछ।

सेतो कोटमा रातो दाग लागेको छ
अस्पतालबाट आज डाक्टर भागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्