सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा एक लाख २० हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आज १८ सय रुपैयाँ बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जनाएको छ । गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्यमा एकैदिन १८ सय रुपैयाँले वृद्धि भएको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार तोलाको एक लाख १८ हजार ४५० रुपैयाँ मूल्य तोकिएको थियो । आज तेजाबी सुनको मूल्यमा एक हजार ७५० रुपैयाँले बढेको हो ।

चाँदीको मूल्यमा भने आज पाँच रुपैयाँले बढेर एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार प्रतितोला एक हजार ५४० रुपैयाँ मूल्य तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्