सुन्दरहरैँचा नगर अस्पतालमा आँखा जाँच सेवा शुभराम्भ

<span class='c1'>सुन्दरहरैँचा नगर अस्पतालमा आँखा</span> <span class='c2'>जाँच सेवा शुभराम्भ</span>

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिका १ मा रहेको नगर अस्पतालमा आँखा जाँच सेवा शुभराम्भ गरिएको छ ।

विराटनगर आँखा अस्पतालको सहयोगमा सुन्दरहरैंचा नगर अस्पताल हरैंचामा आँखा जाँच उपचार सेवाको सुरूवात गरिएको हाे । सुन्दरहरैंचा वडा नं. १ का वडा अध्यक्ष राम विश्वास खवासको अध्यक्षतामा सुन्दरहरैंचा नगरप्रमुख केदार गुरागाई, उपप्रमुख अकली चौधरी तथा विराटनगर आँखा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष पदम नारायण चौधरीले संयुक्त रूपमा आँखा जाँच सेवाकाे उद्घाटन गरेका थिए।

नगरवासीहरूकाे आँखामा देखिएको समस्याकाे सावधानका लागि आँखा जाँच सेवा केन्द्र स्थापना गरिएको नगर प्रमुख केदारप्रसाद गुरागाईले बताए । उनले नगर अस्पतालकाे अस्तित्व सबै मिलेर बचाउँन जरूरी रहेको उल्लेख गर्दै नगर अस्पतालले दिने सुविधामा कुनै कमी नरहेको उल्लेख गरे।

हरैंचा नगर अस्पताल प्रशासन शाखा प्रमुख बाबुराम भट्टराईले आँखा जस्तो संवेदनशील विषयलाई सुरक्षित राखेर विरामीलाई स्थानीय स्तरमै सहज रूपमा सेवा दिन आँखा जाँच सेवा नगर अस्पतालमा स्थापना गरिएको जानकारी दिए। उनले नगर अस्पतालमा आँखा जाँच सेवाको लागि दक्ष जनशक्ति विराटनगर आँखा अस्पतालले व्यवस्थापन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्