इटहरीका भिमप्रसाद दाहालले जिते खल्ती वर्ल्डलिंकको ‘दुबई टुर’

<span class='c1'>इटहरीका भिमप्रसाद दाहालले जिते</span> <span class='c2'>खल्ती वर्ल्डलिंकको ‘दुबई टुर’</span>

विराटनगर । डिजिटल वालेट खल्तीले वर्ल्डलिंकका ग्राहकलाई लक्षित गर्दै ल्याएको अफरमा इटहरीका भिमप्रसाद दाहालले लक्की ड्र मार्फत 'दुबई टुर' जितेका छन् ।

इन्टरनेट सेवा प्रदायक संस्था वर्डलिंकको एक बर्षको ग्राहक बनेबापत दाहालले खल्ती एपबाट भुक्तानी गरेका थिए । खल्ती एपले असोज १० गतेदेखि सुरु गरेको दुबई भ्रमण योजना अन्तर्गत दाहालले 'दुबई टुर' जितेको कम्पनीले जनाएको छ ।

वर्ल्डलिंकको इन्टरनेट बिलको भुक्तानी खल्तीबाट गर्नेमध्ये २४ ग्राहकको जोडीलाई ‘दुबई भ्रमण’ काे अफर दिएको छ। हरेक हप्ता खल्तीले 'लक्की ड्र' मार्फत दुई जोडीलाई दुबई टुर दिदै आएको छ। यो योजना अन्तर्गत कोशी प्रदेशको बिर्तामोड शाखाबाट २ जोडी तथा विराटनगर शाखाबाट एक जोडी गरि देशभरिबाट १४ जोडी दुबई भ्रमणमा छनोट भइसकेको वर्डलिंक इटहरी शाखाका प्रबन्धक कैलाश पोखरेलले बताए ।

यो अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने हुन्छ । खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीले दुबई घुम्ने मौका पाउनेछन् । यसअन्तर्गत चार रात पाँच दिनको दुबई भ्रमणका लागि लाग्ने सम्पूर्ण खर्च खल्तीले ब्यहोर्ने छ । विशेषगरी तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने ग्राहकलाई यो अफरमा सहभागी गराइएको छ।

तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट तिरेपछि प्रयोगकर्ताले दुई ओटा भौचर पाउदै आएको छन भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भौचर पाउनेछन् । खल्तीले तीनै भौचरमार्फत हरेक साता लक्की ड्र गरी दुई ओटा भौचर छान्नेछ ।

दुबई भ्रमणको योजना आगामी पौष १५ गतेसम्म रहने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्