सुनको मूल्य प्रतितोला एक लाख २१ हजार छ सय

सुनको मूल्य प्रतितोला एक लाख २१ हजार छ सय

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ ।

आइतबार प्रतितोला रु. एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु. आठ सयले बढेर प्रतितोला रु. एक लाख २१ हजार छ सय पुगेको हो ।

नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख २१ हजार कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोल रु. एक लाख २० हजार दुई सयमा कारोबार भएको थियो ।

साथै चाँदीको मूल्य प्रतितोला रु. एक हजार पाँच सय ४५ मा कायम भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्