सातौँ दक्षिण एसियाली कराँते : २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन

सातौँ दक्षिण एसियाली कराँते : २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन

काठमाडौं । सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन बनेको छ । नेपालले थप २६ रजत र ६ कास्य पनि जित्यो ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्यका साथ दोस्रो भएको छ ।

नेपाल कराँते महासङ्घद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कास्य हात पार्‍याे ।

त्यसैगरी ४ स्वर्ण, १ रजत र १९ कास्यसाथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कास्यसाथ श्रीलंकाको टिम पाँचौँ तथा २ कास्यसाथ भुटान छैटौँ भए ।

दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १०३ महिला र १३४ पुरुष गरी २३७ खेलाडीहरुको सहभागीता रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्