पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने लागेको हो ।

कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले १ः०.५ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

आयोजनाको नियमित मर्मत सम्भार गर्न, भुक्तानी बाँकी हिसाव फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका लागि भन्दै हकप्रद सेयर निष्कासन गर्ने सञ्चालक समितिले निर्णय गरेको छ ।

हकप्रद सेयरका लागि कम्पनीले विद्युत् नियमन आयोगबाट पूर्व सहमति लिनुपर्नेछ । कम्पनीले कोशी प्रदेश, इलाम जिल्लास्थित ४.९६ मेगावाटको पुवा २ जलविद्युत आयोजनाबाट २०७९ मंसिर १२ गतेदेखि नियमित विद्युत उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।

हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१४ रुपैयाँ २० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्