घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ ।

निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेको हो ।

आज छापावाल सुनमा दुई हजार चार सय रुपैयाँ घटेर प्रतितोला एक लाख १९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको थियो । सोमबार सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ । तेजावी सुनको मूल्य तोलामा दुई हजार ३५० रुपैयाँले घटेको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर १५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्