काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १३ लाख ४० हजार १९९ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ।
बिक्री प्रबन्धकका अनुसार कुल आवेदनमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।