प्रकृति र मानिसको सम्बन्धलाई जिवन्त राख्न पूर्वी पृतना हेडक्वाटरभित्र पंक्षी बगैँचा

<span class='c1'>प्रकृति र मानिसको सम्बन्धलाई जिवन्त राख्न</span> <span class='c2'>पूर्वी पृतना हेडक्वाटरभित्र पंक्षी बगैँचा</span>

विराटनगर । प्रकृति र मानिस एकअर्काको परिपुरक हुन् । त्यसैले यी दुबैबीचको अन्तरसम्बन्धलाई जिवन्त राख्न पूर्वी पृतना हेडक्वाटर इटहरी व्यारेक परिसरभित्र चराचुरुङ्गी संरक्षण साथै पक्षी बास बगैँचा निर्माण गरिएको छ ।

मौसम परिवर्तनसँगै ठाँउ परिवर्तन गरेर आउने विभिन्न प्रजातिका चराहरु व्यारेक परिसरमा पाइने गरेको छ । भने, एकै मौसममा विभिन्न प्रजातीका बकुल्लाहरुले दुई छिमलमा बच्चा कोरली हुर्काइ लग्ने समेत गरेको छ ।

चराचुरुङ्गी साथै विभिन्न प्रजातिका बोटविरुवा संरक्षणमा पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापती उपरथी आशबहादुर तामाङ (पिएच. डी.) को महत्वपूर्ण भूमिका रहेको छ । प्रकृतिमा रहेको सम्पूर्ण प्राणी सम्मान रुपले बाँच्नु पाउनु पर्छ भन्ने उदेश्यका साथ चराचुरुङ्गीको संरक्षण गरिएको र उनीहरुको बाँच्ने आधारका निमित्त फलफुलको विरुवा समेत व्यारेक परिसरमा रापिएको छ । व्यारक परिसर आफैमा चराहरुको बासस्थान भएपनि नेपाली सेनाका जवानहरुलाई तनाव मुक्त बनाउने उदेश्यले पंक्षी बगैँचा निर्माण गरिएको पृतनापती उपरथी आशबहादुर तामाङ (पिएच. डी.) ले जानकारी दिए ।

चरा नहुँदा पनि भएको जस्तो अनुभूती गराउन पंक्षी बगैँचा बनाइएको हो । पंक्षी बगैँचा भित्र निर्जिव वस्तुहरुलाई कलात्मक हिसाबले एउटा स्वरुप दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्