गजल

गजल

-वसुन्धरा चौहान सुनिता
बस्नका लागि ओत लाग्ने घर छैन अचेल
आँखामा सजाएको कुनै रहर छैन अचेल

बग्दा बग्दै राेकिएकाे गङ्गा जस्तै छ जिन्दगी
भए मुटुमा तिम्रो मायाँ अन्य भर छैन अचेल

भावनाकाे संसारमा रमाउँन जाने मन भयो
जे गर्छौं तिमी गर्नू कसैलाई कर छैन अचेल

तिम्रो प्रेममा यति तागत छ बल्ल थाहा भाे
बिन्दास हिँड्छु, कसम कुनै डर छैन अचेल

साँच्चिकै चाहन्छौं सँगै लैजानु मलाई पनि
छ त तिम्रो मायाको अरू कसर छैन अचेल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्