मन छ मलाई

मन छ मलाई

-दीपा शाही रावत
गुन्यु चाेलीमा सजिएकाे
हेर्ने मन छ
नजरले नजर जुधाएकाे
सारै हेर्ने मन छ
वनपाखा उकाली ओरालीसँगसँगै
मुस्कुराउँदै घाँस दाउँरा
बाेकी हिँड्न मन छ
घर पुगी सुकुलमा बसी
गुन्द्रुक र ढिडाे सँगसँगै
खान मन छ ।

लाग्छ तिमी त अप्सरा
भगवानले मेरा लागि नै
पठाएका हुन झैँ
तिमी संगै जिन्दगी ज्युउन मन छ
मिलेका दन्त नशालु आँखा
पिपल पाते ओठ
मेरै लागि बनेका भनेर
सर्वस्व लिने मन छ।

तर मायालु !
मन पर्ने हरकसैका
आ आफ्नै जाे काेही हुँदैनन्
अनाैठाे प्यार हुन्छ तर
सबै प्रेमीप्रेमिका हुँदैनन।
मलाई सारै मन पर्छ त्याे
अप्सरा लाई भनेर
तिमीलाई आफ्नै काखमा
लुट्पुट्याउन मन छ।
खै के भनौ!
डर पनि त छ याे अन्धाे
समाज देखि
म छु पाताल ऊ छिन्
आकाशमा
हामी दुवैजना बाध्य हुन्छौं
यस्तै हुन्छन् कारण ।
नदी पारी ऊ वारी म
भएर आउँछ हातमा प्रेम र सद्भावना ।

कारागारका जन्झिर
आँसुकाे भयानक तलाउ
जिन्दगी जिउँदै जलिरहेकाे
घाँट
भएपनि होस्
मात्र तिमीसंग जुनि जुनि सङै बस्ने मन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्