एउटा युगको मान्छे चाहियो

एउटा युगको मान्छे चाहियो

-राजन प्रसाद न्यौपाने श्रीयम
चेतना स्खलन भएर होला
घृणाको डढेलो सल्केको छ
आजभोलि
धर्मको नाममा धर्म ढलिरहेछ
मान्छेको मुक्तिको लागि
मान्छे नै मरिरहेछ
मान्छे मान्छेको लडाईमा
मानवता मरिरहेछ
अस्मिताको लागि
परिवर्तन खोज्नेहरुकै
अस्मिता लुटिइरहेछ
आजभोलि त
मालीहरुबाट नै
फूलको अपहरण र बलात्कार
भैरहेछ
हुँदाहुँदा
कस्तो युग आएछ खै
मृत्यु पनि अप्रेसनमा छ
आजभोलि।

आगो भएर आउनेहरुको पर्खाइमा
फूल सुवास नभई
फूलिरहेछ
सपनाको यर्थाथमा।

ए पत्थरका मान्छेहरु हो
एकपटक सक्छौ भने
मानवता भएको मुटु
बनाउ
जसले इतिहास जोगाएर
युग परिवर्तन गरोस्
कसैको सालिक
ढालिरहनै पर्दैन
आफै बाँकी
परिवर्तन ल्याउन सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्