आजैदेखि असल मान्छे बन्न सिक

<span class='c1'>आजैदेखि असल मान्छे</span> <span class='c2'>बन्न सिक</span>

-रिबन बस्नेत
हे नेपाल आमाका सन्तानहरु हो
भ्रष्टाचार गरेर हैन,
आफ्नै नङ्ग्रा खियाएर बाँच्नसिक
परजीवी हैन आत्मसात भएर बाँच्नसिक...

टेबुल मुनिबाट घुस माग्ने ति हातहरूमा
आत्मअनुशासन रूपी हतकडी लगाउन सिक
नेपाल आमा रोइरहेको बेलामा आमाका कोमल हात सुम्सुम्याउने गर...

कालो धनले ठड्याएको महलमा राज गर्ने
हे पापी दुष्टहरु हो....
निमुखाको कमाइमा राज गर्ने तिमीहरू, उपियाँ र किर्ना जस्तै
भूँडी सुम्सुम्याउने बानी त्याग्न सिक
अन्धकारको यात्रालाई हटाउँदै असल यात्रातर्फ सरिक हुन सिक।

कति हिड्छौ, कसैले चोर औँला ठड्याउला की भनी,
कति हिड्छौ सिर निहुराएर
आखिर तिमी पनि त मानव नै हौनी..
निडर भई तिमीपनि भन्न सिक
आजैदेखि असल मान्छे बन्न सिक
आजैदेखि असल मान्छे बन्न सिक।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्