सिरहामा ट्र्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

<span class='c1'>सिरहामा ट्र्याक्टर पल्टिँदा</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

मिर्चैया (सिरहा) । सिरहाको औरही गाउँपालिका–२ तुलसीपुरमा ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स१त ७४५८ नंको ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ट्र्याक्टरको इन्जिनमा च्यापिएर उनी दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको स्थानीय श्याम यादवले जानकारी दिनुभयो । उनका अनुसार ट्र्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शवपरीक्षणका लागि सिरहा प्रादेशिक अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्