उदयपुरबाट भरुवा बन्दुकसहित एक जना महिला पक्राउ

<span class='c1'>उदयपुरबाट भरुवा बन्दुकसहित एक</span> <span class='c2'>जना महिला पक्राउ</span>

उदयपुर । उदयपुरको बेलका नगरपालिका- ४ स्थितबाट २ नाल भरुवा बन्दुक सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४७ बर्षिया दुर्गा बिश्वकर्मा रहेकी छिन् ।

अवैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने बिशेष सुचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट शनिवार साँझ खटिएको प्रहरी टोलीले बिश्वकर्माको घर खानतासी गर्दा २ थान भरुवा बन्दुक बरामद गरेको थियो ।

बन्दुक बरामद भएसंगै बिश्वकर्मालाई समेत पक्राउ गरीएको र घटना सबन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्