ईटहरीमा छुरा प्रहारबाट एक महिलाको मृत्यु

<span class='c1'>ईटहरीमा छुरा प्रहारबाट</span> <span class='c2'>एक महिलाको मृत्यु</span>

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ हटिया लाईन स्थितमा छुरा प्रहारबाट १ जना महिलाको मृत्यु भएको छ ।

आईतबार दिउँसो १ बजे स्थानीय २३ बर्षीय गणेश चौधरीले अचानक पछाडीबाट आई धारिलो हतियार छुराले ढाडमा प्रहार गर्दा गम्भिर घाईते भएकी स्थानीय ५० बर्षीया भुमी कुमारी चौधरीलाई उपचारको लागि विराट टिचिङ हस्पिटल विराटनगर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

घटनाबारे सूचना पाए संगै तत्काल खटिएको ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले आरोपित गणेश चौधरीलाई दिदिको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्