सङ्घीय संसद्का महासचिव गौतमद्वारा राजीनामा

सङ्घीय संसद्का महासचिव गौतमद्वारा राजीनामा

काठमाडौँ । सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनुभएको छ ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा.गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा दिनुभएको हो ।

महासचिव डा गौतम विसं २०५१ मा सेवामा प्रवेश गर्नुभएको थियो भने विसं २०७७ वैशाख २२ गते संसद्को महासचिव पदमा नियुक्त हुनुभएको थियो ।

रिक्त सङ्घीय संसद्को महासचिव पदमा नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त निर्णयबाट सचिवालयका सचिव पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्