विराटनगर । नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा मोरङ बुढीगंगा गाउँपालिकाका नवराज घिमिरे निर्वाचित भएका छन् । गत शनिबार केन्द्रीय सल्लाहाकार अध्यक्ष अमृत बोहराबाट उद्घाटन दोस्रो अधिवेशनले ६९ सदस्यीय सम्पर्क कमिटी निर्वाचित गरेको हो ।
नेकपा एमाले मोरङ काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष एवं प्रदेश सम्पर्क कमिटीका सदस्य सुभाष सिग्देलका अनुसार जिल्ला भूगोलबाट सर्वसम्मत र पदाधिकारी र समावेशी पदमा निर्वाचनबाट कमिटी निर्वाचित भएको हो ।
मोरङका घिमिरे अध्यक्ष र झापाका सुरज काफ्ले सचिव निर्वाचित भएका छन् ।